एक प्रतिशत सम्मका मातृभाषीहरुको भाषालाई सरकारी कामकाजी भाषा बनाउनुपर्छ : सभामुख घर्ती
बिहीबार, कात्तिक १२, २०८३
बुटवल - लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले लुम्बिनी प्रदेशमा १ प्रतिशत सम्मका मातृभाषीहरुको भाषालाई सरकारी कामकाजी भाषा बनाउने बताउनु भएको छ । उहाँले हिउँदे अधिबेशनमा विधेयक ल्याएर लुम्बिनी प्रदेशमा बोलिने अवधी,मैथिली, मगर, थारु र उर्दु भाषालाई सरकारी कामकाजीको भाषा बनाउन आफुले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । भाषा आयोग र विभिन्न भाषा सम्बन्धी संघ संस्थाले आयोजना गरेको लुम्बिनी प्रदेशको सरकारी कामकाजको भाषा सम्बन्धि कार्यशाला गोष्ठी /अन्तरक्रीया कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै उहाँले यस्तो बताउनु भएको हो ।


