नेकपा रुपन्देहीले सुरु गर्याे राष्ट्रिय जागरण अभियान
बिहीबार, कात्तिक १२, २०८३
बुटवल - नेपाली कम्युनिष्ट पार्टी रुपन्देहीले विहिबार राष्ट्रिय जागरण अभियान सुरु गरेको छ । अभियानको नेकपाका लुम्बिनी प्रदेश इन्चार्ज एवं पुर्व मन्त्री चक्रपाणि खनाल बलदेवले उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा बोल्दै इन्चार्ज खनालले अन्तर्राष्ट्रिय घटनाक्रम र आन्दोलनहरुले नेपालका वामपन्थी पार्टीहरु निराश हुनु नपर्ने बरु उत्साहित हुनु पर्ने बताए ।


