प्रेस युनियन रुपन्देहीद्वारा बुटवलमा विकास पत्रकारिता तालिम सञ्चालन
बुधबार, जेठ २८, २०८२
बुटवल : रुपन्देहीको बुटवलका दुई दिने विकास पत्रकारिता तालिम सुरु भएको छ । नेपाल प्रेस युनियन रुपन्देहीको आयोजना र बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा तालिम शुरु भएको हो ।तालिमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले नगरले गरेका सकारात्मक प्रयास तथा आलोचनात्मक विषयका बारेमा कुरा उठाउन संचारकर्मीहरुसँग आग्रह गरे । उनले नगरले गरेका विकास निर्माण तथा भौतिक प्रगतिका गतिविधिसँगै भए गरेका प्रशासनिक कार्य र भएका ढिलासुस्ती तथा गुणस्तरीय सेवाका बारेमा पनि समाचार लेख्न आग्रह गरे ।