भारतमा यात्रुवाहक विमान दुर्घटना : २ सय बढीको शव भेटियो
बिहीबार, जेठ २९, २०८२
ऐजेन्सी – भारतको अहमदावादमा भएको एयर इन्डियाको विमान दुर्घटनामा २०४ जनाको मृत्यु भएको पुष्टि भएको छ। बीबीसी हिन्दीका अनुसार विमानमा सवार कुल २४२ मध्ये २०४ जनाको शव फेला परेको हो। अहमदाबाद पुलिस कमिश्नर जीएस मलिकले बीबीसीसँग केही जीवित भेटिएका हुन सक्ने तर हालसम्म २०४ वटा शवहरू फेला परिसकेको बताएका हुन्।