लुम्बिनी सरकारले आज बजेट ल्याउँदै, आकार घट्ने
आइतबार, असार १, २०८२
दाङ- लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि आज (आइतबार ) बजेट प्रस्तुत गर्ने भएको छ । प्रदेश सभाको दिउँसो ३ बजे बस्ने तेह्रौँ बैठकमा बजेट प्रस्तुत गर्ने कार्यपालिका रहेको छ। आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले राजस्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिए ।