लुम्बिनी प्रदेशका केही भागमा आज आंशिक बदली
सोमबार, असार २, २०८२
बुटवल – लुम्बिनी प्रदेश सहिथ देशका विभिन्न भूभागमा आज मनसुनी वायुको प्रभाव रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशको पश्चिम भागमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ । हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भाग र लुम्बिनीका पूर्वी भागमा मौसम आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।