पाल्पामा बलेरो जिप दुर्घटना हुँदा बुटवल बस्ने २ जनाको मृत्यू
मंगलबार, असार ३, २०८२
पाल्पा – पाल्पामा अण्डा बोकेको बोलेरो जीप दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । एक जना सख्त घाइते भएका छन् । दुर्घटनामा जीप धनीसमेत रहेका बगनासकाली गाउँपालिका वडानम्बर १ गाप्टुङ घर भई बुटवल उपमहानगरपालिका ११ मझुवा बस्दै आएका करिब ४६ वर्षीय विनोद ढुङ्गाना र स्याङजाको गल्याङ नगरपालिका ७ घर भई हाल रूपन्देही मझुवामा बस्दै आएका ४८ वर्षीय रेशम सुनार रहेका छन् ।