दुम्कीवास–दाउन्ने खण्डको सडक प्रभावित, वैकल्पिक सडक प्रयोग गर्न सुझाव
बिहीबार, असार ५, २०८२
बुटवल – पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वीनवलपरासीको दुम्कीवास–दाउन्ने खण्डमा सवारी आवागमन प्रभावित भएपछि यात्रा कष्टकर बनेको छ । विनयी खोलामा बनाइएको डाइभर्सनमा बाढीले क्षति पुर्याउँदा सडक प्रभावित भई यातायात आवागमनमा समस्या देखिएको हो। पटक पटक डाईभर्सन बगाउने गरेको छ ।