लागुऔषध दुर्व्यसन: खुला सिमानाको अभिशाप र भत्कँदो युवा भविष्य
बिहीबार, असार १२, २०८२
किशोरावस्था र युवावस्था संवेदनशील चरण हो। यो उमेरमा उनीहरू सामाजिक, भावनात्मक र मानसिक रूपमा अस्थिर हुने गर्छन्। साथीहरूको प्रभाव, कौतुहलता, र प्रचार माध्यममा देखाइने 'ग्ल्यामराइज्ड' जीवनशैलीका कारण उनीहरू लागूऔषधप्रति आकर्षित हुने गर्छन्। खुला सिमानाबाट सस्तो मूल्यमा लागू औषध सहजै उपलब्ध हुने अवस्था छ। तस्करहरूको जालो सहरदेखि गाउँसम्म फैलिएको छ। विद्यालय र कलेजजस्ता शैक्षिक संस्थाहरू यसको प्रभावको मुख्य क्षेत्र बन्न थालेका छन्। यसैका कारण धेरैजसो युवाहरू ‘एक पटक’ प्रयोग गर्ने सोचले सुरु गर्छन्, र क्रमशः लतमा फस्दै जान्छन्।