धानदिवसको मुख्यमन्त्री आचार्यद्धारा शूभकामना, खेतीको गत घटाउने प्रतिबद्धता
आइतबार, असार १५, २०८२
दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले २२ औं राष्ट्रिय धान दिवस, २०८२ को अवसरमा शुभकामना व्यक्त गरेका छन् । २०६१ सालदेखि आषाढ १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालिएको स्मरण गर्दै मुख्यमन्त्री आचार्यले यो दिवसले कृषिको महत्व जनमानसमा गहिरो बनाएको उल्लेख गरेका हुन् । धान वालीमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने राष्ट्रिय नारासहित मनाउन थालिएको यस वर्षको धान दिवस हालको सन्दर्भमा अत्यन्त सान्दर्भिक र प्रेरणादायी रहेको बताए । मुख्यमन्त्री आचार्यले नेपालको संविधानले नागरिकलाई खाद्य हक सुनिश्चित गरेको उल्लेख गर्दै खाद्य सुरक्षाको राष्ट्रिय लक्ष्य हासिल गर्न सुदृढ नीति, व्यवहारिक कार्यक्रम र समर्पित कार्यान्वयन आवश्यक रहेको धारणा राखे ।