लुम्बिनी सहित पश्चिम नेपालमा भारी बर्षाको चेतावनी
आइतबार, असार १५, २०८२
बुटवल - लुम्बिनी प्रदेश सहित पश्चिम नेपालका जिल्लाहरुमा भारीदेखि धेरै भारी वर्षाको चेतावनी दिइएको छ । जल तथा मौसम विज्ञान विभागले लुम्बिनी, कर्णाली र सुदूपश्चिम प्रदेशका १२ जिल्लामा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले असार १६ गतेसम्म सतर्कता अपनाउन भनेको छ ।विभागका अनुसार लुम्बिनीका बाँके, बर्दिया र दाङ, कर्णालीका सुर्खेत, दैलेख र सल्यान, सुदूरपश्चिमका बैतडी, डडेलधुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुर जिल्लामा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । अन्य प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि भारीदेखि धेरै भारी वर्षाको चेतावनी जारी गरिएको छ ।