१२ तले लुम्बिनी प्रादेशिक अस्पताल भवन डेढ बर्षमा २५ प्रतिशत प्रगती
सोमबार, असार १६, २०८२
बुटवल - लुम्बिनी प्रदेश सरकारकाले गौरवको आयोजनाका रुपमा हेरेको लुम्बिनी प्रादेशिक अस्पतालको २५ प्रतिशत भौतिक प्रगती भएको छ । लुम्बिनी प्रदेश पूर्वाधार बिकास प्राधिकरणले सोमबार बुटवलमा पत्रकार सम्मेलन गरी अस्पतालको भौतिक प्रगति २५ प्रतिशत र वित्तीय प्रगति १६ प्रतिशत पुगेको जनाएको हो ।पाँच वर्षमा सक्नेगरी निर्माण कम्पनीसँग सम्झौता भए पनि ३ वर्षमै सम्पन्न सक्ने गरी तिव्रताका साथ काम गरिरहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत इन्जिनीयर छवि पोखरेलले बताए । ‘कुनै प्राकृतिक विपत्ती वा आर्थिक संकट नआएमा निर्धारित समयभन्दा छिटोनै यो योजना पूरा हुनेछ’ उनले भने । अस्पतालका पूराना संरचना हटाउने काम साइट क्लिरियन्सपछि निर्माण सुरु भएको करिब चार महिनाको अवधिमै यो उल्लेख्य प्रगति भएको उनले बताए ।