रूपन्देहीमा दुरगामी सहकारी काण्ड : बचतकर्ताको विचल्ली बनाउँदै अध्यक्ष सचिव फरार
बुधबार, असार १८, २०८२
बुटवल – रुपन्देहीको तिलोत्तमामा स्थित दूरगामी बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको करोडौं रकम अपचलन गरेपछि संकट उत्पन्न भएको छ । बचतकर्ताहरुको रकम अपचलन भएपछि सहकारीका अध्यक्ष र सचिव सम्पर्कविहिन भएका छन् । सहकारीका मुख्य जिम्मेवार व्यक्तिहरु नै सम्पर्कमा नरहेपछि तिलोत्तमा–३ सिर्जना चोकमा रहेको उक्त सहकारीका बचतकर्ताहरुले प्रहरी र वडा कार्यालयको रोहवरमा तालावन्दी गरेका छन् । सहकारीको कार्यालयमा उपाध्यक्ष सहितका कार्यसमितिका अन्य पदाधिकारी तथा सदस्यहरु समेत तालाबन्दीमा सरिक भएका हुन् । संस्थामा करिव २२ देखि २५ करोड रुपियाँ अपचलन भएको आशंका गरिएको छ।