गैँडाकोटको रिसोर्टमा भीषण आगलागी
बुधबार, साउन १४, २०८२
नवलपुरको गैँडाकोट नगरपालिका–११ हर्कपुरमा रहेको बगैंचा एडभेन्चर रिसोर्टमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार बिहान १० बजेबाट आगलागी सुरु भएको हो ।