आज विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस मनाइँदै

बुटवल - विश्व प्रतिलिपि अधिकार दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ। सन् १९९५ मा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को साधारण सभाले अप्रिल २३ मा यो दिवस मनाउने घोषणा गरेको थियो।
पुस्तक र लेखकप्रति सम्मान प्रकट गर्नुका साथै पढ्ने संस्कृतिलाई प्रोत्साहन गर्ने उदेश्यले प्रत्येक बर्ष दिवस मनाउने गरिएको हो। यसले बौद्धिक सम्पत्ति सुरक्षाका लागि आवश्यक कानुन जानकारी र प्रतिलिपिअधिकारसम्बन्धी सचेतना फैलाउने अपेक्षा गरिन्छ।
विश्वभर अप्रिल २३ का दिन विश्व साहित्यका क्षेत्रमा विविध कार्यक्रम गरी मनाउने गरिएको छ। यही मितिमा विश्वप्रसिद्ध लेखकहरू विलियम शेक्सपियर, इन्का गार्सिलासो दे ला भेगाको निधन भएकाले समेत थप महत्वपूर्ण मान्ने गरिएको छ।
प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२ ०७:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय