Lumbini Rise
जम्मुकश्मिरमा मृत्यु भएका सुदीप न्याैपाने बुटवल १४ का वडाअध्यक्षका भतिज, बुटवल बेलभरिया शाेकमा

 

बुटवल – जम्मु कश्मीरको पहलगाममा भएको हमलामा परि मृत्यू भएका दुई नेपाली मध्ये एक जना बुटवलको भएको पुष्टि भएको छ । बुटवल उपमहानगरपालिका वडा न. १४ का वडाअध्यक्ष दधिराम न्यौपानेले मृत्यू भएका सुदीप न्यौपाने आफ्नो भतिज भएको पुष्टि गरेका हुन । 

उनले भने –‘सुदीप मेरो दाजूको छोरा हो, दुखद खबर सुनियो’ उनले भने –‘म काठमाडौं छु, शव नेपाल ल्याउने तयारी भइरहेको छ ।’ उनका अनुसार न्यौपानेको स्थायी बसोबास बुटवल १४ बेलभरिया हो । 

बुटवल ११ कालिकानगरमा समेत घर रहेको छ । हमलामा परेर २६ जनाको ज्यान गएको थियो । न्याैपानेकाे मृत्यूकाे खबरले बेलभरिया शाेकमा डुबेकाे छ ।

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  ११:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update