Lumbini Rise
धपक्क लुम्बिनी (तस्विरहरु )


लुम्बिनी- चौथो एशिया बौद्ध साँस्कृतिक महोत्सवको अवसरमा बुद्धजन्मस्थल लुम्बिनीमा शनिबार साँझ दीप प्रज्जवलन गरिएको छ । बेविबुद्धलाई केन्द्रभागमा राखेर प्रज्वलित दीपले लुम्बिनी धपक्क बोल्यो । 

चाईनिज कल्चर प्रमोशन सोसाईटीको सहयोगमा लुम्बिनी बिकास कोष र  सारिपुत्त फाउण्डेशन लुम्बिनीले महोत्सवको आयोजना गरेको हो ।

शान्तिदीपदेखि मायादेवी मन्दिर परिसरसम्म ६० हजार दीप प्रज्जवलन गरिएको हो । उक्त दीप प्रज्जवलनको दृश्यलाई रोयल थाई विहार लुम्बिनीका भन्ते मोन्त्री चितलाङले ड्रोनबाट कैद गर्नुभएको आर्कषक तस्विरहरु हामीले प्रकाशित गरेका छौं ।

तस्विहरु - भन्ते माेन्त्री

 

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  ०७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update