Lumbini Rise
शान्तिका लागि लुम्बिनीमा म्याराथन, अनिशले जिते उपाधी (तस्विरहरु)



लुम्बिनी -  तेस्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथनको उपाधि भारतीय सेनाका अनिश थापा मगरले हात पारेका छन् । शनिबार बुद्ध जन्मस्थल लुम्बिनीमा सम्पन्न ४२ किलोमिटर दूरीको म्याराथनमा पर्वत फेलेवास २ थापाठानाका मगरले २ घण्टा २० मिनेट १८ सेकेन्डमा दुरी पूरा गरी प्रथम भएका हुन् । उनी भारतीय सेनाको फोर एयट गोर्खा राइफल्समा कार्यरत छन् । 

IMG_9419-1742722378.JPG
 

उनले ३ लाख ५० हजार नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । यस्तै, नेपाली सेनाका सुशिल कुमार शाही दोस्रो भए । हुम्ला सिमिकोट गाउँपालिका ७  निवासी उनले उक्त दूरी २ घण्टा २० मिनेट २५ सेकेन्डमा पूरा गरेर २ लाख ५० हजार पुरस्कार जिते । त्यस्तै, केन्याका धावक स्टेफेन कोस्गेई तेस्रो भए । उनले उक्त दूरी २ घण्टा २० मिनेट ४७ सेकेन्डमा पूरा गरेर एक लाख ५० हजार पुरस्कार हात पारे ।

IMG_9439-1742722379.JPG

यस्तै, २१ किमी महिला हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठले जितकी छिन् । उनले उक्त दूरी एक घण्टा २० मिनेट ५ सकेन्डमा पूरा गरिन् । उनले एक हलाख ५० हजार नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गरिन् । त्यस्तै नेपाली सेनाकी पूर्णलक्ष्मी न्यौपानेले दुई घण्टा २१ मिनेट ४९ सकेन्डमा दूरी पूरा गरेर दोस्रो भइन् । उनले एक लाख नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरिन् । त्यस्तै चीनको चेन विईले दुई घण्टा २६ सकेन्डमा दूरी पूरा गरेर तेस्रो भइन् । उनले ८० हजार नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गरिन् ।

IMG_9443-1742722380.JPG

बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित कार्यक्रममा विजेता धावकहरुलाई नेपालका लागि चिनियाँ राजदूत चेन सोङ र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नगद पुरस्कार प्रमाणपत्र प्रदान गरे । त्यस्तै ५ किमी लामो विद्यार्थीको छात्र–छात्राको म्याराथन र ३ किमी लामो वकाथन पूतियोगिता पनि भएको थियो । दोस्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति तथा अन्तर्राष्ट्रिय ध्यान महोत्सव कार्यक्रम अन्तर्गत चिनियाँ दुताबाससँगको सहकार्यमा नेपाल ओलम्पिक कमिटी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसहित विभिन्न संघसंस्थाको सहकार्यमा म्याराथन आयोजना गरिएको हो ।

IMG_9454-1742722382.JPG
 

IMG_9556-1742722386.JPG

IMG_9529-1742722385.JPG

IMG_9484-1742722384.JPG

IMG_9476-1742722384.JPG

IMG_9471-1742722383.JPG

IMG_9449-1742722381.JPG

IMG_9447-1742722380.JPG

 

प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  १५:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update