Lumbini Rise
डिजेल एक र पेट्रोलको प्रतिलिटर २ रुपैयाँ मूल्य बढ्यो 

बुटवल – नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य बढाएको छ। निगम सञ्चालक समितिको बैठकले शनिबार मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँ र पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ बढाएको हो।

निगमले हवाई इन्धनको मूल्य भने घटाएको छ। हवाई इन्धन (आन्तरिक)तर्फ प्रतिलिर ३ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ अमेरिकी डलर २२ ले घटाइएको निगमले जनाएको छ।

मूल्य बढेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा डिजेल र मट्टितेल क्रमशः प्रतिलिटर १४० रुपैयाँ ५० पैसा, १४२ रुपैयाँ र १४३ रुपैयाँ तथा पेट्रोल क्रमशः प्रतिलिटर १५६ रुपैयाँ ५० पैसा,१५८ रुपैयाँ र १५९ रुपैयाँ तोकिएको छ।

आन्तरिकतर्फको हवाई इन्धन प्रतिलिटर एक सय १८ रुपैयाँ कायम भएको छ । अन्तरराष्ट्रियतर्फको हवाई इन्धन प्रतिकिलोलिटर काठमाडौँमा अमेरिकी डलर नौ सय १, पोखरामा सात सय २१ र भैरहवामा सात सय ६ तोकेको छ।

प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२  ०८:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update