टोखामा गोली चल्दा २ घाईते
नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले गोली चलाएर दुई भारतीयसहित चारजनालाई नियन्त्रणमा लिएको छ।

काठमाडौं - टोखामा गोली चल्दा दुईजना घाइते भएका छन् । मंगलबार दिउँसो ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध रहेको आशंकामा प्रहरीले एउटा समूहलाई पछ्याउने क्रममा गोली चलेको हो ।
लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिनका निम्ति गोली चलाइएको नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्युरोका प्रमुख एसएसपी कृष्णप्रसाद कोइरालाले बताए । प्रहरीले गोली चलाएर दुई भारतीय र थप अरु दुई गरी चार जनालाई नियन्त्रणमा लिएको छ ।
लागु औषध कारोबारको सूचना पाएपछि ब्यूरोका इन्स्पेक्टर राकेश यादव र बरिष्ठ सई बालकृष्ण सञ्जेलसहितको टोली खटिएको थियो । उनीहरु भारतीय नागरिक भन्ने बुझिएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२ १६:२५
प्रतिक्रिया दिनुहोस्