Lumbini Rise
अर्घाखाँचीमा श्रीमान्‌को हत्या आरोपमा श्रीमती पक्राउ

अर्घाखाँची – अर्घाखाँचीमा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छिन् । छत्रदेव गाउँपालिका वडा नम्बर–३, शिखरकी २७ वर्षीय मेखमाया कुमालले  श्रीमान् ३८ वर्षीय रामु कुमाललाई धारिलो हतियार दाउ प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । 

घटनास्थलबाट हतियारसहित  मेखमाया कुमाललाई  पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  श्रीमान्–श्रीमतीबिच घरायसी विवाद भएपछि दाउले टाउकोमा हानेर हत्या गरेकी जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका  सूचना अधिकारी  प्रहरी निरीक्षक  झनक  प्रसाद शर्माले बताए । 

घरायसी विषयमा झै(झगडा हुँदा मेखमायाले धारिलो हतियार प्रहार गर्दा रामुको गएराति घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र प्रहरी चौकी बल्कोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति: आइतबार, असार १, २०८२  १४:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update