Lumbini Rise
दाउन्नेमा पहिरसँगै  सडक पनि भासियो, सडक पूर्ण रुपमा अवरुद्ध 

बुटवल - बुटवल नारायणगढ सडकअण्ड अन्तर्गत दाउन्नेमा पहिरो र सडक नै भासिएपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।  दाउन्ने खुर्सानी खोला नजिकै माथिबाट पहिरो र सडक समेत भासिर्एपछि पूर्वपश्चिम राजमार्गत विहानबाट पूर्ण रुपमा अवरुद्ध भएको हो ।

विहानसम्मगाडी चलेको भएपनि माथिबाट पहिरो र सडकको भाग चिरा चिरा परेर भासिएपछि एउटा ट्रक त्यही फसेको छ । इलाका प्रहरी कार्यालय बर्दघाटका अनुसार फसकेको लु१क ५८२७ नम्बरको ट्रक निकाल्ने कार्य भइरहेको छ । ६ वटा मेशिन ल्याएर ट्रक निकाल्ने र त्यसपछि पहिरो हटाउने कार्य गरिने छ ।

दाउन्नेमा सडक खुलाउनका लागि आवश्यक इक्यूपमेन्ट ल्याएर काम भइरहेको नवलपरासी बर्दघाट सुस्ता पश्चिमका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए । ‘सबै शक्ति प्रयोग गरेर सडक खुलाउने प्रयत्नमा छौं’ उनले भने –‘पानी परेन भने दिउँसोसम्म सडक सुचारु गर्छौ ।’

सडक अवरुद्ध भएपछि पूर्वतर्फ जाने सवारी साधनहरु बर्दघाटको टिसिएनचोकमा र पूर्वबाट आएका सवारी साधनहरु दुम्किबासमा रोकिएका छन । पछिल्लो समय पानी पर्नासाथ पहिरोले गर्दा दाउन्नेको सडक निकै कष्टकर बन्दै आएको छ । 
 

प्रकाशित मिति: बुधबार, असार २५, २०८२  ०८:५७
प्रतिक्रिया दिनुहोस्
देशभर
साताको लोकप्रीय
Weather Update