दाउन्नेमा पहिरसँगै सडक पनि भासियो, सडक पूर्ण रुपमा अवरुद्ध
बुधबार, असार २५, २०८२
बुटवल - बुटवल नारायणगढ सडकअण्ड अन्तर्गत दाउन्नेमा पहिरो र सडक नै भासिएपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । दाउन्ने खुर्सानी खोला नजिकै माथिबाट पहिरो र सडक समेत भासिर्एपछि पूर्वपश्चिम राजमार्गत विहानबाट पूर्ण रुपमा अवरुद्ध भएको हो । विहानसम्मगाडी चलेको भएपनि माथिबाट पहिरो र सडकको भाग चिरा चिरा परेर भासिएपछि एउटा ट्रक त्यही फसेको छ । इलाका प्रहरी कार्यालय बर्दघाटका अनुसार फसकेको लु१क ५८२७ नम्बरको ट्रक निकाल्ने कार्य भइरहेको छ । ६ वटा मेशिन ल्याएर ट्रक निकाल्ने र त्यसपछि पहिरो हटाउने कार्य गरिने छ ।