Lumbini Rise
राजावादी आन्दोलनका रविन्द्र र धवल पक्राउ, दुर्गा प्रसाईँ फरार

 

बुटवल – राजावादी आन्दोलनलाई विध्वसत्नात्मक बनाएका मूल नेतृत्वलाई प्रहरीले पक्राउ गर्न थालेको छ । शुक्रबार तीनकुनेमा भएको प्रदर्शनमा प्रर्दशनकारीलाई उत्तेजित पार्दै तनावपूर्ण बनाएका आन्दोलनका कमाण्डर दुर्गा प्रसाईँ सहितका नेताहरुलाई प्रहरीले पक्राउ गर्न थालेको हो ।  


प्रहरीका अनुसार, राजावादी मोर्चाको कमाण्ड सम्हालेका प्रसाईंको शुक्रबार दिउँसैबाट खोजी भइरहेको छ । तर, उनी शनिबार विहानसम्म पनि भेटिएका छैनन् । प्रहरीले उनीसहित आन्दोलनमा खटिएका राप्रपाका अन्य दुई शीर्ष नेतालाई भने ललितपुरको सातदोबाटोबाट शुक्रबार साँझ प्रकाउ गरेको छ ।

पक्राउ परेका राप्रपा वरिष्ठ नेता रविन्द्र मिश्रका अनुसार ललितपुरको बीएण्डबी अस्पतालमा भर्ना भएका केही घाइतेलाई भेटेर फर्कने क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो ।टेकुस्थित अपराध अनुसन्धान कार्यालयबाट अनलाइनखबरसँग फोनमा जोडिँदै उनले महामन्त्री धवलशमशेर राणासहित आफू पक्राउ परेको जानकारी गराए ।

प्रहरीले सोही अभियानका अन्य नेताहरू स्वागत नेपाल, सन्तोष तामाङ र जेफर लिम्बु लगायत पाँच जनालाई पक्राउ गरेको छ ।उता, सोही अभियानका संयोजक नवराज सुवेदीको घरमा भने प्रहरी परिचालन भएको छ ।

उनको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर अहिले प्रहरीले पक्राउ नगरेको र अवस्था हेरेर आवश्यक निर्णय लिने बताएको छ । तीनकुनेमा दुर्गा प्रसाईंको कमाण्डमा भएको हिंसात्मक प्रदर्शनका कारण अवस्था तनावग्रस्त बन्न पुगेको थियो ।

 

प्रकाशित मिति: शनिबार, चैत १६, २०८१  ०७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update