Lumbini Rise
रास्वपाले रुपन्देही-३ मा उम्मेदवार बन्न इच्छुक ९ जनासँग आज छलफल गर्ने

रुपन्देही- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले पार्टीको तर्फबाट रुपन्देही३ मा उम्मेदवार बन्न इच्छुक ९ जना आवेदकसँग छलफल गर्न लागेको छ ।

आइतबार दिउँसो १ बजेदेखि ५ बजेसम्म केन्द्रीय कार्यालय वनस्थलीमा उनीहरूसँग छलफल गर्न लागिएको प्रवक्ता मनिष झाले जानकारी दिए । 

छलफलको सहजीकरण सहमहामन्त्री तथा लुम्बिनी प्रदेश इन्चार्ज विपिन कुमार आचार्यले गर्ने झाले बताए ।  यसैगरी छलफलको अब्जर्भेसनु केन्द्रीय कोषाध्यक्ष लिमा अधिकारी र लुम्बिनी प्रदेश सभापति देवराज पाठक उनले जानकारी दिए । 

झाका अनुसार दिउँसो ४ बजे उम्मेदवारका आकांक्षीसहित सहितको पत्रकार भेटघाट कार्यक्रम हुनेछ। रास्वपाले साउन २३ गते ९ जना आवेदकको सूची सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति: आइतबार, साउन २५, २०८२  ११:००
प्रतिक्रिया दिनुहोस्
Weather Update