Lumbini Rise
साफ यू-१७ महिला च्याम्पियनसिपमा आज नेपालले भुटानको सामना गर्दै

काठमाडौं -नेपालले आज साफ यू–१७ महिला च्याम्पियनसिपमा आयोजक भुटानको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार दिउसो ५स्४५ बजेदेखि शुरु हुदैछ ।

यस अघि नेपालले खेलेको पहिलो खेलमा भारतसँग ७-० को हार बेहोरेको थियो । त्यस्तै भुटानले पनि आफ्नो पहिलो खेलमा बंगलादेशसँग ३-१ गोल अन्तरको हार बेहोरेको थियो ।

अगस्त ३१ सम्म हुने साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालसहित भारत, बंगलादेश, भुटान गरी चार देशले भाग लिएकाछन् । डबल राउण्ड(रोबिनका आधारमा हुने प्रतिस्पर्धामा प्रत्येक टोलीले दुई -दुई खेल खेल्नेछन् भने शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।

नेपालले यस प्रतियोगितामा अब अर्को खेल अगस्त २४ मा बंगलादेशसँग, अगस्त २७ मा बंगलादेशसँग, अगस्त २९ मा भारतसँग र अगस्त ३१ मा भुटानसँग खेल्ने तालिका रहेको छ ।

गोलकिपरस्झरना दुमराकोटी, लक्ष्मी ओली र गङ्गा गुरुङ ।डिफेन्डर दिक्षा रायमाझी, सम्झना चन्द, अलिजा कुमारी विक, ज्ञान्शु डोल्मा लो, पुर्णिमा ताडी, अनु माझी, मिन माया श्रेष्ठ र अंशु विक ।

मिडफिल्डर डिकी स्यान्गो तामाङ, कृतिशा तामाङ, रबिना विक, सहारा विक,  बबिता कार्की, भूमिका बुढाथोकी, आशिका कार्की र सिर्जना बडुवाल ।फरवार्डस्  अस्मिता मगर, यम कुमारी विक, अनिता राना मागर र दिक्षा रानपाल ।

प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०८२  ०९:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update