तिलोत्तमामा दलित युवायुवतीलाई लेखा तालीम सुरु
आइतबार, जेठ १८, २०८२
बुटवल – सामुदायिक जागरण विकास मञ्च रुपन्देहीको आयोजना र तिलोत्तमा नगरपालिकाको सहयोगमा दलित युवा युवतीहरूका लागि तीन दिने लेखा तालिम आइतबारदेखि तिलोत्तमामा सुरु भएको छ । कार्यक्रममा प्रमुख अतिथि तथा तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य सुरेन्द्र श्रीले बोल्दै दलित समुदायका युवायुवतीहरूलाई लेखा तालिमले ज्ञान प्राप्त भई दैनिक जीवनसँग सहयोग पुग्ने बताए ।