Lumbini Rise
तिलोत्तमामा दलित युवायुवतीलाई लेखा तालीम सुरु

बुटवल – सामुदायिक जागरण विकास मञ्च रुपन्देहीको आयोजना र तिलोत्तमा नगरपालिकाको सहयोगमा दलित युवा युवतीहरूका लागि तीन दिने लेखा तालिम आइतबारदेखि तिलोत्तमामा सुरु भएको छ । 

कार्यक्रममा  प्रमुख अतिथि तथा तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य सुरेन्द्र श्रीले बोल्दै दलित समुदायका युवायुवतीहरूलाई  लेखा तालिमले ज्ञान प्राप्त भई दैनिक जीवनसँग सहयोग पुग्ने बताए । 

त्यस्तै गरी नगरपालिकाका कार्यपालिका सदस्य रवि सेन्चुरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सामुदायिक विकास जागरण मञ्चका संयोजक राम विश्वकर्माले गरेका थिए । 

तीन दिनसम्म सञ्चालन हुने तालिममा तिलोत्तमा नगरपालिका भित्रका १७ वटा  वडाका ३६ जनाको सहभागिता रहेको थियो । तालिममा  प्राध्यापक जीवन परियार र सीए दीपक विश्वकर्माले प्रशिक्षण दिएका छन्  ।

dalit-2-1748770482.jpg
 

प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२  १५:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update