गणतन्त्र जाेगाउन सबै एकजुट बनाैं : सचिव विश्वकर्मा
आइतबार, जेठ १८, २०८२
काठमाडौँ– नेकपा एमालेका सचिव एवम् पूर्व मन्त्री छविलाल विश्वकर्माले वर्तमान व्यवस्था जोगाउनको निम्ति सम्पूर्ण गणतन्त्रवादी शक्ति एकजुट हुनुपर्ने आवश्यता औँल्याएका छन् । राष्ट्रिय दलित पत्रकार संघ नेपालको छैटौँ स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा सचिव विश्वकर्माले समावेशिता, धर्मनिरपेक्षतासँगै गणतन्त्र आएको बताए । उनले ठुलो त्याग र लगानीबाट गणतन्त्र प्राप्त भएकाले सम्पूर्ण गणतन्त्रवादी शक्ति एक हुनुपर्ने बेला आएको बताए ।