आजदेखि देशैभर सार्वजनिक यातायात बन्द, बुटवल बसपार्कमा यात्रु अलपत्र
सोमबार, जेठ १९, २०८२
बुटवल–आज देशभर सार्वजनिक यातायातका साधन बन्द हुँदा यात्रीहरु अलपत्र परेका छन् । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन अनुमति दिने गरी नियमावली ल्याएको विरोधमा आन्दोलनरत यातायात व्यवसायीहरुले आज देशभर लामो तथा छोटो दुरीका सवारी साधन नचलाउँदा यात्रीहरु मर्कामा परेका हुन् । बुटवल बसपार्कमा विहानै यात्रुहरु अलपत्र अवस्थामा भेटिए । कतिपय यात्रुहरुले गाडी बन्दको सूचना समेत नपाएकाले बसपार्क आउदा अलपत्र परेका हुन् ।