Lumbini Rise
आजदेखि देशैभर सार्वजनिक यातायात बन्द, बुटवल बसपार्कमा यात्रु अलपत्र 

बुटवल–आज देशभर सार्वजनिक यातायातका साधन बन्द हुँदा यात्रीहरु अलपत्र परेका छन् ।  गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन अनुमति दिने गरी नियमावली ल्याएको विरोधमा आन्दोलनरत यातायात व्यवसायीहरुले आज देशभर लामो तथा छोटो दुरीका सवारी साधन नचलाउँदा यात्रीहरु मर्कामा परेका हुन् । बुटवल बसपार्कमा विहानै यात्रुहरु अलपत्र अवस्थामा भेटिए ।

कतिपय यात्रुहरुले गाडी बन्दको सूचना समेत नपाएकाले बसपार्क आउदा अलपत्र परेका हुन् । 

यातायात व्यवसायीहरुको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले कालो नम्बर प्लेटका सबै यातायातका साधन सातवटै प्रदेशमा नचलाएको बताए । बुटवल सहित लुम्बिनीका मुख्य शहरमा पनि लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन् । नीजि गाडीहरु भने चलिरहेका छन् । सार्वजनिक बस, माइक्रो बस र टेम्पोहरु चलेका छैनन् ।  

बस स्टपहरुमा यात्रीहरु गाडीको प्रतिक्षा गरिरहेको देखिन्छ । कोही पठाओमा चढेर र कोही पैदलै हिँडेर गन्तव्यमा गइरहेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अघिल्ला दिनको तुलनामा आज सार्वजनिक सवारी साधन कम मात्र चलेको जनाएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  ०८:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update