नेपाल भारतकाका व्यवसायीविच लुम्बिनीको पर्यटन प्रवर्द्धन लागि समझदारी
बुधबार, असार २४, २०८३
बुटवल - नेपाल र भारतबीच धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दुई देशका व्यवसायीहरुविच बिटुबि समझदारी भएको छ । लुम्बिनी होटल एसोसिएसन नेपाल र वाराणसी टुरिजम गिल्डविच पाँच बुँदे सम्झदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको हो । लुम्बिनीमा सम्पन्न सम्झौतामा लुम्बिनी होटल एसोसिएसन नेपालका अध्यक्ष लिलामणि शर्मा र वाराणसी टुरिजम गिल्डका अध्यक्ष सुभाष कपूरले हस्ताक्षर गर्दै पर्यटन प्रवद्र्धनको औपचारीक सहकार्य सुरु गरेका हुन् । लुम्बिनी आउने भारतीय तीर्थयात्री तथा पर्यटकलाई कम्तीमा एक रात लुम्बिनीमै बस्न प्रोत्साहन गर्ने समझदारीमा उल्लेख गरिएको छ ।

-1783509196.jpg)
