लुम्बिनी बौद्ध विश्वविद्यालयको सिनेट बैठक : ४९ करोडको बजेट तथा नीति–कार्यक्रम स्वीकृत
शुक्रबार, असार २६, २०८३
काठमाडौं- लुम्बिनी बौद्ध विश्वविद्यालयको १९औँ विश्वविद्यालय सभा बैठक आज सिंहदरबारमा सम्पन्न भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा बसेको बैठकले आर्थिक वर्ष २०८३/८४ का लागि रु. ४९ करोड ८८ लाख बराबरको बजेट, नीति तथा कार्यक्रम स्वीकृत गरेको छ।


