लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, पाँच मन्त्रीले दिए सामूहिक राजीनामा
मंगलबार, साउन १२, २०८३
बुटवल - लुम्बिनी प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिँदै कांग्रेसका पाँच मन्त्रीले सामूहिक राजीनामा बुझाएका छन् । नेपाली कांग्रेस संसदीय दलका सचेतक धनलक्ष्मी श्रेष्ठले मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्रसहित मन्त्रीहरूको सामूहिक राजीनामा बुझाएकी हुन् ।


