नविनमा लागू औषध दुव्र्यसन सम्बन्धी सचेतना कार्यक्रम
शुक्रबार, जेठ २३, २०८२
बुटवल – लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नवीन औद्योगिक कदरबहादुर रिता माविमा लागू औषध दुव्र्यसन सम्बन्धी सचेतना कार्यक्रम विहिबार सम्पन्न गरेको छ। लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलबाट समुदाय प्रहरी साझेदारी अनुशिक्षण प्रहरी जवान देखि जुनियर प्रहरी अधिकृत तालिम १२ औ समूहमा सहभागी ३० जना प्रशिक्षार्थीहरूलाई लागू पदार्थ दुव्र्यसन विरुद्ध जनचेतनामूलक प्रशिक्षण र कक्षा १०मा अध्ययनरत विद्यार्थीहरूविच सचेतनामुलुक कार्यक्रम गरिएको हो ।