नेपाल सुनचाँदी व्यवसायी महासंघकाे केन्द्रीय साधरणसभा बुटवलमा, ऐन तत्काल ल्याउन माग
शनिबार, साउन १६, २०८३
बुटवल -नेपालमा परम्परादेखि चल्दै आएको सुनचाँदी व्यवसायलाई संरक्षण र व्यवस्थित गराउन सुनचाँदी व्यवसाय ऐन तत्काल ल्याउन व्यवसायीहरुले सरकारसँग माग गरेका छन् ।देशभरका ७ सय बढि सुनचाँदी व्यवसायीहरु सम्मिलित नेपाल सुनचाँदी व्यवसायी महासंघको १३ औ र १४ औं वार्षिक साधारण सभाको शनिबार बुटवलमा भएको उद्घाटन समारोहमा बोल्दै उद्योगी व्यवसायीहरुले यस्तो माग गरेका हुन् ।


