इन्टलेक्चुअल एकेडेमीमा करियर काउन्सिलिङ
बुधबार, साउन २७, २०८३
बुटवल- अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा बुटवल–११, कालिकानगरस्थित इन्टलेक्चुअल एकेडेमीले विद्यार्थीहरूलाई लक्षित गरी ‘करियर काउन्सिलिङ तथा मार्गदर्शन कार्यक्रम’ आयोजना गरेको छ ।कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि एवं त्रिभुवन विश्वविद्यालय, ‘एजुकेसन प्लानिङ एन्ड म्यानेजमेन्ट’का प्राध्यापक तथा बुटवल बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्रोफेसर आनन्दमान सिंह शाक्यले किताबी ज्ञानमा मात्र सीमित नरहेर कक्षाकोठा बाहिरको व्यावहारिक शिक्षा ग्रहण गर्नु आजको युगमा अनिवार्य भइसकेको बताए ।


