चेक अनादर मुद्दाका दुई फरार प्रतिवादी पक्राउ
शनिबार, साउन ३०, २०८३
बुटवल- रुपन्देही प्रहरीले चेक अनादर मुद्दामा अदालतबाट फैसला भई कैद तथा जरिवाना तोकेर फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहत कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरी सम्मानित रुपन्देही जिल्ला अदालतमा फैसला कार्यान्वयनका लागि पेश गरेको प्रहरीले जनाएको छ।


