प्रथम ज्ञानपुञ्ज जिल्ला स्तरीय सभेनएसाइड फुटबल प्रतियोगिता सुरु, पहिलो दिन पाँच खेल सम्पन्न
सोमबार, भदौ १, २०८३
बुटवल- बुटवलमा सोमबारदेखि प्रथम ज्ञानपुन्ज जिल्ला स्तरीय अन्तरविद्यालय सेभेन ए साईड फुटबल प्रतियोगिता २०८३ शुरु भएको छ । सिद्धार्थ केबलकारको मुख्य प्रायोजन तथा ज्ञानपुन्ज ईङ्लिस सेकेण्डरी स्कुल बुटवलको आयोजनामा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन खेलमा अक्सफोर्ड ईङ्लिस बोर्डिङ स्कुलले देवसिद्ध ईगंलिस बोर्डिङ स्कुललाई ३–० गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ ।

-1786975557.jpeg)
