विनयी खोलाको डाइभर्सन बाढीले फेरी बगायो
शुक्रबार, जेठ २३, २०८२
बुटवल – पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल-नारायणगढ सडक खण्डको पूर्वी नवलपरासी विनयी त्रिवेणी गाउँपालिका-१ दुम्कीबासको विनयी खोलाको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ। विनयी खोलामा शुक्रबार दिउँसो चार बजेतिर एक्कासि आएको बाढीले डाइभर्सन बगाउँदा सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय, दुम्कीबासले जनाएको छ ।