Lumbini Rise
विनयी खोलाको डाइभर्सन बाढीले फेरी बगायो


बुटवल – पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल-नारायणगढ सडक खण्डको पूर्वी नवलपरासी विनयी त्रिवेणी गाउँपालिका-१ दुम्कीबासको विनयी खोलाको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ।​

विनयी खोलामा शुक्रबार दिउँसो चार बजेतिर एक्कासि आएको बाढीले डाइभर्सन बगाउँदा सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय, दुम्कीबासले जनाएको छ ।​ डाइभर्सन बगाएपछि रोकिएका यात्रुवाहक बस र हल्का सवारीसाधनलाई होङ्सी गेटबाट सर्दीको भित्री वैकल्पिक बाटो प्रयोग गरी डाइभर्ट गरिएको तथा मालवाहक सवारीसाधन रोकिएको इलाका प्रहरी कार्यालय दुम्कीबासका इन्स्पेक्टर राजन तिमिल्सेनाले जानकारी दिए ।

केही दिन अघि आएको बाढीले पनि विनयी त्रिवेणी खोलामा डाइभर्सन बगाएको थियो । लामो समयदेखि यो सडकमा यात्रुले सास्ती भोग्दै आएका छन् ।

प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२  १९:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update