दुई दिनदेखि हराएका साढे दुई वर्षीय बालकको सामुदायिक वनबाट सकुशल उद्धार
बिहीबार, भदौ ४, २०८३
बुटवल- नवलपरासी (बर्दघाट सुस्ता पूर्व )को गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई वर्षीय बालकलाई दुई दिनपछि प्रहरीले सकुशल उद्धार गरेको छ । भदौ २ गते बिहान करिब ७ बजे भागर निवासी हेमकुमारी आले घरनजिकै रहेको शंखदेवी सामुदायिक वनमा च्याउ टिप्न गएकी थिइन्।


