प्रथम ज्ञानपुन्ज सेभेन ए साईड फुटबल: पहिलो चरणका खेल सकियो, शुक्रबारदेखि दोस्रो चरणका खेल हुने
बिहीबार, भदौ ४, २०८३
बुटवल, भदौ ४ ।बुटवलमा जारी प्रथम ज्ञानपुन्ज जिल्ला स्तरीय अन्तरविद्यालय सेभेन ए साईड फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबारदेखि दोस्रो चरणका खेल हुने भएका छन् ।भदौ १ गतेदेखि सुरु भएको प्रतियोगितामा विहिबारसम्म पहिलो चरणका खेलहरु सम्पन्न भएका हुन् । ज्ञानपुन्ज ईङ्गलिस सेकेण्डरी स्कुल बुटवल ११ नहरपुरको आयोजनामा भएको प्रतियोगितामा विहिबार पाँच खेल भए ।


