प्रथम ज्ञानपुन्ज सेभेन ए साईड फुटबल प्रतियोगिता : होराईजन जिबिएस, सरस्वती र नयाँगाउँ विजयी
शुक्रबार, भदौ ५, २०८३
बुटवल- बुटवलमा जारी प्रथम ज्ञानपुन्ज जिल्ला स्तरीय अन्तरविद्यालय सेभेन ए साईड फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबारदेखि दोस्रो चरणका खेल सुरु भएका छन् । सिद्धार्थ केबल कार लिमिटेड शिर्ष प्रायोजन तथा सिद्धि विनायक स्न्याक्स एण्ड नुडल्स प्रा.लि. तथा ऊर्जा इन्टरप्राइजेज प्रा.लि मुख्य प्रायोजक तथा ज्ञानपुन्ज ईङ्लिस सेकेण्डरी स्कुल बुटवलको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा होराइजन जीबीएस स्कुल विजयी भएको छ । जिबिएसले सरस्वती माविलाई २–० गोल अन्तरले पराजित गरेको हो ।


