राष्ट्रिय परीक्षा बोर्ड लुम्बिनीद्धारा उत्तरपुस्तिका परीक्षणबारे अभिमुखीकरण
शुक्रबार, जेठ २३, २०८२
बुटवल– राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, लुम्बिनीको आयोजनामा कक्षा १२ को बार्षिक परीक्षाको उत्तरपुस्तिका परीक्षण सम्बन्धी अभिमुखिकरण कार्यक्रम शुत्रलबार सम्पन्न भएको छ । बुटवल स्थित कालिका मानवज्ञान माविमा अभिमुखीकरण कार्यक्रम गरेको हो । प्रदेश परीक्षा व्यवस्थापन कार्यालय बुटवलका प्रमुख रमाकान्त तिवारीले उत्तरपुस्तिका परीक्षणमा शुद्धता, एकरुपता र विश्वसनियता कायम गर्दै त्रुटिरहित तवरले परीक्षण सम्पन्न गर्ने र विद्यार्थीहरुको एक बर्ष सम्मको मेहेनतको वास्तविक मुल्यांकन हुने गरि परीक्षण गर्नुपर्ने बताए ।
उनले बुटवल आसपासमा लामो समय शिक्षण पेशा र उत्तरपुस्तिका परीक्षण गर्नुभएका गुरुहरुलाई सहजकर्ताको रुपमा राखिएको बताए । उनले ३० वटा बिषयको उत्तरपुस्तिका परिक्षण कार्यका लागि कम्तिमा सन् २०२२ मा स्नातकोत्तर तह उत्तीर्ण गरि सम्बन्धित बिषय कम्तीमा ३ बर्ष अध्यापन गरेका बिषयगत शिक्षकहरुलाई उत्तरपुस्तिका परीक्षणको जिम्मेवारी प्रदान गरिने बताए ।