पोखरा-दुबई उडानबारे व्यवसायी-राजदूत छलफल
मंगलबार, भदौ ९, २०८३
पोखरा - पोखरा-दुबई नियमित उडानलाई सफल र दिगो बनाउने विषयमा पोखराका प्रमुख पर्यटन व्यवसायीहरू र नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई) राजदूत अब्दुल्लाह बिन साइद मुबारक जरवान अल साम्सीबीच छलफल भएको छ।पोखराबाट दुबई नियमित उडान भर्न सके पोखरा, गण्डकी प्रदेश र नेपालका लागि अर्को खुड्किलो बन्ने बताएका छन् । पोखराका व्यवसायीले राजदूतसँग पोखरालाई दुबईजस्तो अन्तरास्ट्रिय सञ्जालमा जोडिनु ऐतिहासिक हुने भन्दै सहयोगका लागि अनुरोध गरे ।


