भोटेकोशी बाढी : ९७ जनाको मृत्यु, ५४ को उद्धार
बुधबार, भदौ १०, २०८३
काठमाडौँ- नेपालको हिमाली सीमावर्ती क्षेत्र भएर बग्ने भोटेकोशीमा बुधबार आएको बाढीपहिरोमा परी कम्तीमा ९७ जनाको मृत्यु भएको छ।
सशस्त्र प्रहरी नेपालले जनाएअनुसार अहिलेसम्म ९७ जनाको शव फेला परेको हो। त्यस्तै ५४ जनाको उद्धार भएको सशस्त्र प्रहरी बलले जनाएको छ।


