रसुवा बाढी प्रभावितलाई तिलोत्तमा नगरपालिकाद्धारा ४० लाख सहयोग गर्ने निर्णय
बिहीबार, भदौ ११, २०८३
बुटवल - रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले करिब ४० लाख रुपैयाँ बराबरको सहयोग गर्ने निर्णय गरेको छ । नगरस्तरीय विपद् व्यवस्थापन समितिको बिहिबार बसेको वैठकले नगरपालिकाको प्रकोप व्यवस्थापन कोषबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ जम्मा गर्ने तथा नगरका जनप्रतिनिधि र कर्मचारीको तीन दिनको सुविधा तथा पारिश्रमिक बराबरको करिब १५ लाख गरी कूल ४० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।


