रसुवा बाढी प्रभावितप्रती जागरण मिडिया सेन्टरद्धारा दुख व्यक्त, विपद्काे मिलेर सामना गर्न आग्रह
बिहीबार, भदौ ११, २०८३
काठमाडौं - चीनको तिब्बती क्षेत्र हुँदै आएको बाढीका कारण रसुवाको रसुवागढीलगायत विभिन्न क्षेत्रमा भएको जनधनको क्षतिप्रति जागरण मिडिया सेन्टर (जेएमसी) ले दुःख व्यक्त गरेको छ । जागरणका अध्यक्ष कमला विश्वकर्माले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत बाढी तथा त्यसबाट सिर्जित विपद्मा परी सर्वसाधारण नागरिक, सुरक्षाकर्मी, कर्मचारी, पर्यटक तथा पशुचौपायाले ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त गरिएको हो ।

-1787830839.jpg)
