लुम्बिनीका नवनियुक्त प्रमुख सचिव कुँवरले सम्हाले जिम्मेवारी
बुधबार, भदौ ३१, २०८३
दाङ - लुम्बिनी प्रदेशमा पदस्थापन हुनुभएका प्रमुख सचिव विनोदबहादुर कुँवरले जिम्मेवारी सम्हालेका छन ।नेपाल सरकार मन्त्रिपरिषद्को भदौ २५ गतेको निर्णयअनुसार सचिव पदमा बढुवा हुनुभएका कुँवरले बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रमुख सचिवको जिम्मेवारी सम्हालेका हुन ।


